back to top

लुम्बिनी प्रदेश सभाका २ सांसद अशोक राईको पार्टीमा खुले

काठमाडौं । लुम्बिनी प्रदेशसभाका तीन जना सांसद नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेका हुन् ।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।

दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।

प्रदेशसभाका सबै सांसद नवगठित पार्टीमा सनाखत गर्ने पक्षमा रहेको जसपा नेता मणिकर कार्कीले बताए । ‘प्रदेशसभामा रहनु भएका हाम्रा दुईजना सांसदले हाम्रो पार्टीको पक्षमा सनाखत गर्नु भएको छ । काफ्लेजीले पनि हाम्रो पक्षमा रहेको बताउँदै आउनु भएको छ, तर आज उहाँको सनाखत भएको छैन’, कार्कीले भने ।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?