back to top

घोराहीमा टिपरको ठक्करबाट कुलबहादुरको मृत्यु

दाङ । दाङमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही–९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

बस्नेतका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन् ।

अहिले यो सडकखण्डमा सवारी साधन चल्न सकेको छैन । प्रहरीले पश्चिम नवलपरासीका टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?