बुटवल । भारतीय रियालिटी शो इन्डियन आइडलका विजेता रिटो रिवा बुटवल आउने भएका छन् ।
बुटवल उपमहानगरपालिका–९ कालिका पथस्थित प्लान–बी क्लबमा प्रस्तुति दिन असोज २६ गते उनी बुटवल आउन लागेका हुन् । लाईभ कन्सर्टमा प्रस्तुति दिन रिवासहित ८ जना कलाकार आउने क्लबका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनले कार्यक्रमले भारतीय ग्राहकहरुलाई आकर्षित गर्ने र यसबाट यहाँको पर्यटन प्रबद्नसँगै आर्थिक विकासमा टेवा पुग्ने बताए । कार्यक्रमका लागि आवश्यक सुरक्षाको तयारी भइरहेको श्रेष्ठले बताए ।
स्थानीय ७ युवाहरुको १२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबको एक हजार दर्शक क्षमता रहेको छ । क्लबले ६१ जनालाई प्रत्यक्ष रोजगारी दिएको क्लबका सञ्चालन कमल रानाले बताए ।

