रुपन्देहीबाट ३० लाख बराबरको अवैध कपडा बरामद

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ स्थित सिटी अस्पताल चोकबाट उक्त सामान बरामद गरेको हो ।

मकवानपुको थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार कन्टेनरमा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनरसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

बरामद गरिएको कपडासहित ट्रक र मानिसलाई आवश्यक कारबाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी भट्टले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ