बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

लुम्बिनी । बुटवलमा आधुनिक सडकका रुपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युत्को मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ । यतिमात्र होइन सडकको मुख्य भागमा रहेका ठूलाठूला पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुख्य सडकको बीच भागमा रहेको समस्यालाई समाधान गर्न मुख्य प्रसारण लाइनमा चारखुट्टे विद्युतीय खम्बा हटाएर मोनोपोल (सिङ्गलपोल) राख्ने काम गरेको छ ।

मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युत्को प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिडका प्रमुख सुरज गौतमले जानकारी दिए ।

बुटवल ग्रिड प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्नेगरी सम्पन्न गरिने उनले बताए ।

अहिलेको प्रसारण लाइनको खम्बाले सडकको धेरै भाग ओगटेकाले देख्दा भद्दा र दुर्घटनाको जोखिम बढेकाले मोनोपोल राख्न लागिएको उनले बताए ।

यो खम्बा राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम कम हुने बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

नेपाल विद्युत् प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इञ्जिनियरका सूर्यप्रसाद पाण्डेकाअनुसार हाल रहेका चार वटा विद्युतीय खम्बा हटाउने काम सुरु भएको छ ।

प्राधिकरणका इञ्जिनियर पाण्डेका अनुसार मुख्य प्रसारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो । काठमाडौँमा मोनोपोल राखिए पनि मुख्य प्रसारणमा नभई सहायक प्रसारण लाइनमा रहेको छ ।

अहिलेको खम्बाभन्दा उचाइमा पनि बढी हुने र सडक क्षेत्रमा कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ