बुटवल । अध्ययनका लागि क्यानडा गएका भैरहवाका एक युवकको उद्धार गरिएको छ । रुपन्देहीको सिदार्थनगर नगरपालिका–८ भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई उद्धार गरि नेपाल पठाइएको हो ।
करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै बस्ने साथी सागर मानन्धरले जानकारी दिए । सुरुवातमा उनको व्यबहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा खबरपछि एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले अजय कार्कीको सहयोगमा आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धारका लागि पुगेका थिए ।
कतार एयरवेजमार्फत उनी आज बुधबार बिहान काठमाडौं आइपुगेका छन् । नेपाल आइपुगेका उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

