तिलोत्तमाका विद्यालय ४ दिन बन्द

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि बुधबारसम्म नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

उनले वार्षिक विदाबाट समायोजन हुने गरी माघ ७ देखि १० गतेसम्म विदा दिने निर्णय भएको बताए । आचार्यले पाचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कार्यक्रम भने यथावत समयमै सञ्चालन हुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ