रुपन्देहीमा मोटरसाइकल एक आपसमा ठोक्किदाँ २ जनाको मृत्यु

बुटवल । रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवारमा भएको दुर्घटनामा एक भारतीयसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ