मोडलिङमा जम्दै टिका

दाङ । टिका जैसी, नेपाली कला जगतमा नयाँ नाम हो । स्थानीयस्तरमा राम्रो प्रतिभाका कारण चर्चित उनको सानैदेखि कलाकार बन्ने रहर थियो ।

स्कुले जीवनमा नृत्य तथा नाटकमा भाग लिने जैसी पहिलो पटक तिज गीत माइती घर (हाता लाग्यो सुन्य) को म्यूजिक भिडियोमा अभिनय गर्दै  मोडलिङमा डब्यू गरेकी हुन् ।

“बाल्यकालमा, विहेमा, गाउँको पूजापाठमा लुकी लुकी नृत्य गर्दै आएको थिए” उनले भनिन्, “कलाकारीता क्षेत्रमा पहिलोपटक गायिका पूर्णकला विसीको स्वरमा रहेको छोरीको बेदना भन्ने गितमा स–परिवार खेल्ने अवसर पनि मिल्यो ।”

बर्दिया नगरपालिका–१२ तारातालमा जन्मिएकी टिकाले भविष्यमा सफल र राम्रो कलाकार बन्नका लागि मेहनत गरिरहेकी छन् । घरपरिवारको राम्रो सहयोग पाएकी उनले करिब दुई सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

पहिलो तिजको गित (हाता लाग्यो सुन्य) माइती घर, पहेलपुरे, माइदेतीको देश सम्झेर, फुल माया, जमाना अनुसार, दिपिदिपी बत्ती, तिम्रो घरमा मेरी छोरी, गायन क्षेत्रमा मान्दै मान्दैन यो मन लगायतका म्युजिक भिडियोमा उनले काम गरेकी छन् ।

“मेरो कलाकार बन्ने रहर पुरा भएको छ । म खुशी छु” उनले भनिन्, “मलाई दर्शकमाझ चिनिनुछ । आफ्नु प्रतिभा देखाउनु छ । राम्रो काम गरेर सबैको मन जित्ने मेरो चाह हो । आफ्नो र जिल्लाको नाउ राख्नुछ ।”

अभिनयमा रुचि राख्ने २१ वर्षीया जैसी विभिन्न सौन्दर्यमा प्रतियोगितामा समेत सहभागी भएर विजेताको ताज समेत पहिरिएकी छन् । उनी पछिल्लो समय लोक तथा दोहरी, अधुनिक, कमेडी क्षेत्रको काममा व्यस्त छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ