तपाईं कस्तो सम्बन्धमा हुनुहुन्छ ?

एजेन्सी । प्रेम एउटा यस्तो सम्बन्ध हो जसको अर्थ सबैमा फरक फरक खाले हुन्छ । हामी सबैले आफ्नो जीवनमा फरक किसिमको प्रेमको अनुभव गर्दछौं । चाहे त्यो मायालु होस् वा रोमान्टिक ।

हामी आफ्नो परिवार, साथभाईका लागि कहिलेकाँही एकदमै जुनुनी प्रेम देखाउँछौं, किनकी प्रेमले कहिल्यै पनि कुनै पनि नियमको पालना गर्दैन । साँचो प्रेम कसैका लागि प्रेरणा तथा उदाहरण बन्न सक्छ ।

प्रेमले तपाईंको कुनै पनि सम्बन्धलाई सुमधुर तथा बलियो बनाउने काम गर्दछ । तपाईंले कसैसँग कस्तो खालको प्रेम साझा गरिरहनु भएको छ भने कतिपय संकेतले पनि थाहा हुने गर्दछ ।

आज हामी प्रेम र प्रेममा भइरहेका संकेतका बारेमा बताउनेछौं, जसबाट तपाईंले पनि आफ्नो सम्बन्ध कुन प्रक्रियामा अगाडि बढिरहेको छ थाहा पाउन सक्नुहुनेछ ।

आत्म प्रेम वा ‘सेल्फ लभ’

प्रेम सधैं दुईतर्फी हुँदैन । प्रेम आफूले आफैलाई पनि गर्न सकिन्छ । आफू जेजस्तो छ स्वीकार्नु र त्यसमा सन्तुष्ट हुनु पनि प्रेम हो ।

आत्म प्रेम एउटा यस्तो प्रक्रिया हो जसले आफैलाई प्रेम गर्न सिकाउँछ । जसले आफूलाई प्रेम गर्छन् तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ उनीहरु के महसुस गर्छन् र के सोंच्दछन् । उनीहरुले जानेका हुन्छन् आफ्नो लागि के गर्ने भने ।

सेल्फ लभ गर्ने व्यक्तिका लागि आफ्नो हेरचाह एकदमै जरुरी हुने गर्दछ । उनीहरु आफ्नो जीवनस्तर राम्रो बनाउनका लागि पौष्टिक आहार, व्यायाम तथा प्रयाप्त निद्रा लिने गर्दछन् ।

जसले आफुलाई प्रेम गर्नमा विश्वास राख्दछन् उनीहरुले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य बिगार्ने खालका चीजबाट सधैं टाढा रहने गर्दछन् । त्यस्ता व्यक्तिहरुले जानेका हुन्छन् असफलताबाटै सफलता प्राप्त हुन्छ त्यसैले आफूलाई उत्पे्ररित बनाइराख्छन् ।

‘सेल्फलेस लभ’ वा निस्वार्थ प्रेम

निस्वार्थ प्रेम बिना कुनै आशा प्रेम दिनुलाई भनिन्छ । आफ्नो मनमा निस्वार्थ भावना राख्नु प्रेमको एउटा शुद्ध रुप हुन्छ । यसरी प्रेम गर्ने व्यक्ति दयालु तथा समझदार हुने गर्दछन् ।

निस्वार्थ प्रेमको उदाहरणको रुपमा प्रायः आमालाई लिने गरिन्छ । जसले निस्वार्थ आफ्ना बच्चालाई माया दिन्छिन् । निस्वार्थ प्रेम गर्ने व्यक्तिका केही संकेतहरु यस्ता छन्ः

– निस्वार्थ प्रेम गर्ने व्यक्ति आफ्नो साथीलाई उसको लक्ष्य प्राप्त गर्न मद्दत गर्दछन् ।

– आफ्नो प्रेमी वा प्रेमीकाको निर्णयको सम्मान गर्दछन् र हरेक परिस्थितिमा साथ दिन्छन् ।

– सम्बन्धलाई प्रगाढ बनाउन हरेक समय प्रयासरत हुन्छन् ।

अब्सेसिभ लभ अर्थात् जुनुनी प्रेम

यस्तो प्रेममा मानिसले कुनै पनि सीमालाई देख्दैन । यस्तो प्रेममा व्यक्तिलाई कसैप्रति यति धेरै प्रेम हुन्छ कि त्यही प्रेम सम्बन्ध नै समस्या बन्न जान्छ । यस्तो प्रेमका संकेतहरु यस्ता छनः

– यसमा व्यक्तिले आफूले माया गर्ने मान्छेको हरेक क्रियाकलापको निगरानी गर्न चाहन्छ, यो भावनात्मक रुपमा अपरिपक्व हुँदा आउने समस्या हो ।

– यस्ता व्यक्तिले आफुनो पार्टनरलाई आफ्नै नियन्त्रणमा राख्न चाहन्छन् ।

– प्रेमीबाट टाढा जाने सोंचले नै डराउन थालिहाल्छन् ।

प्रेम एउटा यस्तो महसुस हो जो एकदमै खास हुने गर्दछ । यसलाई फरक फरक रुपमा देख्न सकिन्छ । तपाईंमा पनि सेल्फ लभ, सेल्फलेस लभ, जुनुनी प्रेम, दिर्घकालिन प्रेम, आकर्षित प्रेम लगायत कैयौं प्रकारका प्रेम हुन सक्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ