जाडोमा नङ भाँचिनुको कारण र समाधान

जाडोमा कैयौं मानिसलाई पटक पटक नङ भाँचिने समस्या भइरहन्छ । नङ जाडोमा एकदमै झुरा हुने गर्दछन् । नङ वरिपरिको छाला फाट्न थाल्छ ।

कैयौं पटक त नङ बीचबाट चिरिने समस्या पनि हुन्छ । नङ वरपरको छालाबाट उचेरा निस्केर दुख्ने पनि हुन्छ । कहिलेकाँही त्यस्तो ठाउँबाट रगत पनि आउँछ ।

किन भाँचिन्छन् नङ ?

  • छाला सुख्खा हुनुका कारण
  • नङपालिसको धेरै प्रयोग गर्नु
  • हातलाई चिसो हावाबाट बचाउन नसक्नु
  • छिटो छिटो तातो र चिसो पानीको प्रयोग गर्नु
  • हातको सफाईमा ध्यान नदिनु

कसरी बच्ने ?

  • यदी तपाईंको नङ पटक पटक भाँचिने गर्छ भने नङलाई समय समयमा फाइल गर्नुपर्दछ । यस्तो नगर्दा नङ झुरा हुन्छन् ।

ध्यान दिनुहोला नुहाउँदा बित्तिकै नङ फाइल कहिल्यै गर्नु हुँदैन । यस्तोमा नङ भाँचिने डर हुन्छ । जाडोमा नङलाई सफा राख्न पनि जरुरी छ । त्यसैले हात धुन नडराउनुहोस् ।

  • जाडोका दिनमा नङ भाँचिने समस्याबाट बच्नु छ भने तिनलाई धेरै तातो पानीबाट जोगाउनुहोस् । तर जाडोमा त नुहाउँदा वा जे गर्दा होस् तातो पानी नै प्रयोग गरिन्छ ।

त्यसैले तातोपानीबाट जोगाउन त मुस्किल छ । तर नुहाउनु पूर्व नङलाई तेलले मालिस गर्नुभयो भने तातो पानीको सिधै सम्पर्कबाट जोगिन सकिन्छ । त्यसैले नुहाउनु पूर्व नङमा बदाम, नरिवल आदिको तेलले मालिस गर्नुहोस् । जसले गर्दा नङ छिटो भाँचिदैनन् ।

जाडोमा हातमा क्रिमको प्रयोग स्जाडोका दिनमा हातमा क्रिमको प्रयोग गर्नुपर्छ । कतिपयले अनुहारमा त क्रिम प्रयोग गरिहाल्छन् तर हातको स्याहार गर्न बिर्सन्छन् जसले गर्दा हात फुट्ने, नङ फुट्ने गर्दछ ।

त्यसैले हात धोइसकेपछि वा कतै बाहिर निस्कनु अगाडि सधैं हातमा पनि क्रिम लगाउने गर्नुपर्छ । जसले गर्दा चिसो हावाले पुर्‍याउने नोक्सान रोक्न सकिन्छ । यसले हात मुलायम पनि भइरहन्छ ।

  • जाडोमा चिसो हावा एकदमै रुखो हुने भएकाले यसले खाली हातमा एकदमै असर गर्दछ । त्यसैले हातमा पञ्जा लगाउनु भयो भने नङ पनि चिसोबाट बच्न सक्छन् । जसले गर्दा नङ तथा हातमा चिसोको प्रभाव सिधै पर्दैन ।

यदी तपाईं बाइक वा स्कुटर चलाउनु हुन्छ भने त पञ्जा एकदमै आवश्यक छ । जति तपाईं हातलाई सिधै चिसो हावाबाट जोगाउन सक्नुहुन्छ त्यति नङलाई पनि कम नोक्सान हुन्छ ।

  • नङ फुट्ने एउटा कारण शरीर सुख्खा हुनु पनि हो । त्यसैले जाडोमा अली बढी झोलिलो पदार्थ खाने गर्नुपर्छ । जसमा तरकारीहरुको सुप पिउन सकिन्छ ।

यसले शरीरलाई हाइड्रेट बनाइरहन्छ र शरीरका अन्य भाग जस्तै नङ पनि स्वस्थ हुन्छन् । त्यसैले धेरै भन्दा धेरै पानी पिउनुपर्छ । यसरी जाडोमा नङलाई फुट्नबाट बचाउन सकिन्छ साथै हात पनि सुन्दर तथा मुलायम हुन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ