गुल्मीमा सोलार प्यानल पड्किँदा घरगोठ जलेर नष्ट

गुल्मी । गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट एउटा घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ