टपरी गाँस्न सिक्दै विद्यार्थी

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पढाउने सिलसिलामा दुना टपरी बनाउन सिकाइएको छ ।

गाउँपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पठनपाठन गर्दै आएको छ । त्यस क्रममा गाउँघरमा प्रयोग हुने ज्ञान र सीप सिकाउने क्रममा सालको पातबाट दुना र टपरी बनाउन सिकाइएको हो ।

विद्यार्थीहरुले दुना टपरीसँगै बाँसको डोको बुन्ने, हलो बनाउने सीप उत्साहपूर्वक सिक्ने गरेको मालिका गाउँपालिका–६ को अर्जै माध्यमिक विद्यालय प्रधानाध्यापक सम्झना विष्टले बताइन् ।

यो पाठयक्रम लागु भएसँगै पालिका भित्रका विद्यालयले स्थानीय भेषभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति, भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सीप जीविकोपार्जनका तरिकाहरु सिकाइरहेका छन् ।

त्यस्तै दैनिक जीवनमा प्रयोगमा आउने तमसुक र रहने तमसुक, भरपाइ लेखन जस्ता विषय पनि स्थानीय पाठ्यपुस्तकमा समेटिएका छन् ।

हाम्रो मालिका नामक पुस्तक पढ्न विद्यार्थीहरु उत्साहित देखिएका अर्जै माध्यमिक विद्यलयका शिक्षक धनिश्वर अर्यालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ