back to top

हजयात्रामा गएकी बाँकेकी एक वृद्धको मृत्यु

काठमाडौं । हजयात्राका लागि साउदी अरबको मक्का मदिना गएकी एक नेपालीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।

यस वर्ष हज गर्न मक्का पुगेका नेपालीमध्ये बाँकेकी ६० वर्षीया सायर बानो सैयदको मृत्यु भएको जेद्दाहस्थित कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले जानकारी दिए ।

हजका लागि पुगेकामध्ये केही अस्वस्थ रहे पनि सैयदलाई भने मधुमेह र मिर्गौलाको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको पोखरेलले जानकारी दिए । नेपालबाट ७६५ हाजी र १० चिकित्सकसहितको टोली साउदी पुगेको छ ।

एक महिना मक्काको यात्रा गरेका उनीहरु हिजोदेखि १० दिनका लागि मदिनाको यात्रामा छन् । मुस्लिम समुदायको पवित्र तीर्थयात्रा साउदी अरबको मक्कासम्मको हजका क्रममा यस वर्ष ५६२ तीर्थयात्रीको मृत्यु भएको छ ।

केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मक्कामा ५१।८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको रोयटर्सले जनाएको छ । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायत कारण हजयात्रामा जोखिम थपेको जनाइएको छ ।

साउदी अधिकारीहरुले पर्याप्त पानी पिउन, छाता ओढ्न तथा दिउँसोको समयमा बाहिर ननिस्कन हजयात्रीहरुलाई सचेत गराएका छन् ।

हजयात्रीलाई आवश्यक सहयोग गर्न ठूलो संख्यामा चिकित्सकीय टोली र स्वयंसेवक खटाइएको हज अधिकारीहरुले बताएका छन् । गर्मी छल्न कुलिङ सेन्टर, हाइड्रेसन प्वाइन्ट, पानीको फोहरालगायतको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?