रुपन्देही एमालेले ३ दिने प्रशिक्षण अभियान चलाउने

रुपन्देही । नेकपा (एमाले) रुपन्देहीले तिन दिने प्रशिक्षण अभियान चलाउने भएको छ ।

मंगलबार बसेको जिल्ला कमिटी सचिवालय बैठकले यही माघ २२, २३ र २४ गते जिल्ला कमिटीका सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पार्टीका केन्द्रिय तथा प्रदेश कमिटीका नेताहरुसँगको समन्वयमा जिल्ला अधिवेशनको मिति तोक्ने बैठकले निर्णय गरेको बताए ।

उनले आगामी फागुन र चैतमा सदस्यता नविकरण अभियान सञ्चालन गर्ने र फागुनमा पालिका र वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकबाट भएको बताए ।

बैठकले मुक्ति समाज रुपन्देहकिो इन्चार्जमा सुरेन्द्र श्री र प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशन (पिन) रुपन्देहीको इन्चार्जमा मेघदेव पन्तलाई मनोनयन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ