गुल्मीकी १४ वर्षीय बालिकाको भारतमा विभत्स हत्या

बुटवल । गुल्मीकी १४ वर्षीया बालिकाको भारतमा बलात्कारपछि विभत्स हत्या भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–३ का ज्ञानबहादुर नेपाली र आस्था नेपालीकी छोरी रेखा नेपालीको हरियाणा गुरुग्राममा बलात्कारपछि हत्या भएको रेखाका आफन्त कमल नेपालीले जानकारी दिए ।

उनका अनुसार २२ गते साँझ ८ बजे रेखा पसलमा निस्केकी थिइन् । उनलाई आफ्नै कोठामा लगेर गुल्मीको मुसिकोट नगरपालिका–२ अस्थोक अमराई घर भई रोजगारीका लागि भारतकै हरियाणामा रहेका ४५ वर्षीया पुरुषले बलात्कारपछि हत्या गरेको परिवारको आरोप छ ।

रेखाको शव आरोपित पुरुषकै कोठामा फेला पारिएको थियो । बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रेखाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपनि हालसम्म आरोपित पुरुष पक्राउ पर्न सकेका छैनन् । ज्ञानबहादुरको परिवार विगत छ वर्षदेखि भारतमा बस्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ