रोल्पाका सुवासको साउदीमा मृत्यु

बुटवल । साउदीमा भएको सवारी दुर्घटनामा रोल्पाका एक युवकको ज्यान गएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका रोल्पाको माडी गाउँपालिका–४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको उनले परिवारले जनाएको छ ।

साउदी अरबियाको दमाममा यही माघ १८ गते सुवासले चलाएको गाडीले एक गाडीलाई ठक्कर दिएको थियो । त्यसपछी आत्तिएका सुवास गलत दिशातर्फको झ्यालबाट बाहिर निस्कदाँ पछाडिबाट आएका तीन सवारीले एकै पटक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

मृतककी दिनी भिमकुमारी मगरका अनुसार कम्पनीले आवस्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल पठाएको छैन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ