स्ववियु निर्वाचनको एक वर्षको अवसरमा मैत्रीपूर्ण फुटसल

गुल्मी । स्ववियु निर्वाचनको एक वर्ष पुगेको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन रुद्रावती बहुमुखी क्याम्पसले मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

खेलमा प्रध्यापकको समुह विरुद्ध ३–१ को गोल गर्दै स्वतन्त्र विद्यार्थी युनियन विजयी भएको छ । प्राध्यापक समुहका हेमन्त घिमिरे प्रतियोगितामा ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बने ।

यस्तै प्रध्यापक र सञ्चालक समितिबीच भएको कुर्चि दौड प्रतियोगितामा प्राध्यापक ज्ञानहरी सापकोटा विजेता बने । प्रतियोगितामा निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटा द्धितिय र प्राध्यापक रामचन्द्र सापकोटा तृतिय बनेको स्ववियुका सचिव कर्ण नेपालीले जानकारी दिए ।

कार्यक्रममा मुसिकोट नगरपालिका–७ का वडाध्यक्ष हरिहर सापकोटा, नेकपा एमालेका वडा कमिटि अध्यक्ष टोपनारायण श्रेष्ठ, क्याम्पस संचालक समिति अधयक्ष भुवन केसी, नेपाली काँग्रेसका पुर्व जिल्ला कार्य समिति सचिव हरिनारायण सापकोटा, निमित क्यम्पस प्रमुख कृष्ण प्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज राजन सापकोटाले बढ्दो बसाईसराईले घट्दो दरमा रहेको विद्यार्थी संख्या टिकाउनु अहिलेको मुख्य चुनौती रहेको बताए ।

उनीहरुले क्याम्पसमा अध्यनरत विद्यार्थीको लागि पढ्दै कमाउँदै कार्यक्रम संचालन गरी स्थानिय सरकारको सहयोगमा विद्यार्थीलाई पालिकाभित्रका रोजगारका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनिष पाठकले युनियनले वर्षभर गरेका कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ